पोखरामा मनोसामाजिक मनोविमर्शको आधारभूत तालिम
पाेखरा | बैशाख १७, २०८०
पोखरा: पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना र कोशिशको प्राविधिक सहयोगमा पोखरा महानगरभित्र रहेका ५४ जना नर्सिङ स्वास्थ्यकर्मीहरुलाई ५ दिने मनोसामाजिक मनोविमर्शको आधाभूत तालिम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाभित्र रहेको नर्सिङ स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी वैशाख ४ गते देखि ८ गते सम्म पहिलो समूह र बैशाख ११ देखि १५ गते सम्म ५४ जना स्वास्थ्यकर्मीहरुलाई दुई समूहमा विभाजन गरी तालिम सञ्चालन गरिएको मानसिक स्वास्थ्य फोकल दिपेन्द्र सुनारले जानकारी दिए ।
नेपालको संविधान २०७२ र मानसिक स्वास्थ्यको रणनीति २०७७ सबैलाई मानसिक स्वास्थ्य सबैको पहुँच र सर्व सुलभ बनाउने उल्लेख गरेको भए पनि मानसिक स्वास्थ्य कम प्राथमिकतामा परेको अवस्थामा पोखरा महानगरले यसलाई प्राथमिकताका साथ लिएको मानसिक स्वास्थ्य फोकल सुनारले बताए ।
पछिल्लो समय महानगरभित्र मानसिक स्वास्थ्य र आत्महत्याका घटनाहरु बढीरहेको अवस्थामा यस्ता तालिमले समस्याको पहिचान सही समयमा गर्न सकिने र थप सहयोगका लागि सिफारिस गर्न सकिने महाशाखा प्रमुख कृष्ण प्रसाद आर्यालले बताए ।
तालिममा मनोसामाजिक र मानसिक स्वास्थ्य समस्याको पहिचान, सहयोग कसरी गर्ने भन्ने बिषयमा केन्द्रीत थियो । तालिम कोशिशका मनोबिद्धहरु विजय राई, सिता भण्डारी, आरती अधिकारी र गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रवि राज तिमल्सेनाले सहजीकरण गरेका थिए । तालिमको समापनमा कोशिशका परियोजना संयोजक सुदीप घिमिरे, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत नानी वावु ढकाल, फुलदेव तिमल्सेनाको पनि उपस्थिति रहेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

