‘अति’ भएपछि बेगनासताल–तालवेशी सडकखण्डमा सांकेतिक बन्द

काठमाडाैं | जेठ ३०, २०७९

‘अति’ भएपछि बेगनासताल–तालवेशी सडकखण्डमा सांकेतिक बन्द

लेखनाथ: बेगनासतालदेखि भोर्लेटार सडकको  बेगनासताल–तालवेसी खण्डको अवस्था अत्यन्त जीर्ण भएपछि स्थानीयवासीको  नागरिक सरोकार समितिले उक्त स्थानमा सांकेतिक विरोधस्वरुप आधा घण्टा बन्द गरेको छ । 

 

स्थानीय निर्वाचन अघिदेखिनै सडकको मर्मतसम्भारलगायतको काम गर्न सम्बन्धित निकायलाई पटकपटक जानकारी दिँदा पनि बेवास्ता गरेको समितिको आरोप छ । समितिका सदस्य दामोदारभक्त थापा भन्छन् ‘सरोकारवाला निकायजति सबैमा पुगेर सडकको अवस्था र यसले निम्त्याएको असहजताबारे अवगत गरायौं तर सुनुवाई भएन, अति भएपछि आज केही समय बन्द गर्न बाध्य भयौं ।’

 

निर्वाचनताका बजेट दिन नमिल्ने भनेपछि स्थानीयले पैसा उठाएर सडकका खाल्डा पुर्ने लगायतको काम गरेका थापाको भनाई छ । 

 

कास्कीलाई लम्जुङ्गको भोर्लेटारसम्म जोड्ने यो बाटो प्रदेश सरकार मातहतमा मर्मत तथा स्तरउन्नती हुँदै आएको छ तर काम भने तालबेसीदेखि भोर्लेटार बिचमा मात्र भएको छ  । राजनीतिक तथा पर्यटकीय हिसाबले ‌निकै

 

महत्वपुर्ण यो खण्डमा पर्यटकीय हिसाबले महत्वपूर्ण माजिकुना , बेगनासताल र रुपाताल एकै ठाउँबाट देख्न सकिने सुन्दरीडाँडा तथा पचभैया होमस्टे पनि छ । 

 

करिब ८ किलोमिटर सडक खण्ड साँघुरो र जताततै खाल्डो परेका कारण  पैदलै हिड्न समेत कठिन हुने अवस्था आएको स्थानीयको गुनासो छ । 

 

वैसाख महिनादेखि भौतिक पूर्वाधार विकास मन्त्रालय, महानगरपालिका, सडक डिभिजन कार्यालयलगायतका निकायसमक्ष आग्रह गर्दा पनि चासो नलिएको उनीहरुको आरोप छ । 

 

सबै सरोकावाला‌ निकायको बारम्बार ध्यानाकर्षण गराउँदा पनि समस्याको समाधान नभएपछि  समिति बाध्यभएर  सरोकारवाला निकायलाई साङ्केतिक  रुपमा दवाब दिन बाटो  बन्द गरेको समितिले जनाएको छ । 

 

समितिका अर्का एक सदस्य भन्छन् ‘हामीहरु बन्दको विरोधी हौं, बन्द हाम्रो चाहना होइन तर आफैलाई पर्दा हामी बाध्य भयौं ।’ आजको विरोध केवल सांकेतिकमात्र भएको भन्दै सदस्य थापाले अब पनि माग सुनुवाई नभएर यातायात सञ्चालनमा पूर्ण रोक लगाउन बाध्य हुने बताए । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्