राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाला ?
काठमाडाैं | बैशाख १८, २०८०
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डलाई) राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सभापति रवि लामिछानेले भेटेपछि रास्वपा सरकारमा सहभागी हुन्छ वा हुदैन भन्ने विषयले चर्चा पाएको छ ।
तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ।
आज (सोमबार) पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ-आफ्ना धारणा राखेका थिए।
महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने बताइएकाे छ ।
साविककै मन्त्रालय पाउने स्थिति बनेमा र सरकारका न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएमा सरकारमा जान सकिने विषयसमेत बैठकमा उठेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

