बुद्ध जयन्तीमा कास्की प्रशासनले अत्यावश्यक सेवा दिने
पाेखरा | बैशाख २१, २०८०
कास्की: जिल्ला प्रशासन कार्यालय कास्कीले भोलि (शुक्रबार) सार्वजनिक विदा भएपनि अत्यावश्यक सम्बन्धि सेवा दिने भएको छ ।
आज एक सूचना जारी गर्दै नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा दिने जानकारी दिएको हो ।
सिडिओ कार्यालय कास्कीद्वारा जारी सूचनामा भनिएको छ, ‘भोलि मिति २०८०/०१/२२ गते शुक्रबारका दिन बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा भएतापनि यस जिल्ला प्रशासन कार्यालय कास्कीबाट देहायका सार्वजनिक सेवा प्रवाह हुने भएको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

