पुतलीबजारको १४ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री
स्याङ्जा | बैशाख २४, २०८०

स्याङ्जा: संविधान सभा सदस्य अमृता थापाको पहलमा स्याङजाको पुतलीबजार नगरपालिकाकाे १४ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
गाउँपालिका भित्र रहेका १४ सामुदायिक विद्यालयका बाल विकासदेखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीहरुलाई स्टेसनरी तथा झोला वितरण गरिएको हो ।
चाइना फाउण्डेशन फर रुलल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेन्टको संयोजनमा १ हजार १ सय ६३ थान स्टेसनरीका सामानसहित झोला संविधान सभा सदस्य थापामगरको हस्तान्तरण गरिन् ।
सो अवसरमा बोल्दै थापामगरले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने धारणा राखिन् । उनले बालबालिका भविष्यको कर्णधार रहेको बताउदै अध्ययनको वातावरण सिर्जना गर्नुपर्ने अवश्यकता रहेको उल्लेख गरिन् । ‘यि बालबालिका भविष्यका कर्णधार हुन्, उनले भनिन्, ‘त्यसैले नानीबाबुहरुलाई पढ्नका लागि उचित वातावरण हामीले मिलाइदिनुपर्छ ।’
उनले आगामी दिनमासमेत पुतलीबजार नगरपालिकाकाे विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सधै साथमै रहने बताएकी थिइन् ।
यस्तै पुतलीबजार नगरपालिकाको प्रमुख तुलसी रेग्मीले उक्त पहलको लागि अमृता थापामगर र चाइना फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्दै उदाहरणीय कार्य गरेको बताए ।
प्रमुख रेग्मीले शैक्षिक क्षेत्रमा गरिएको सहयोगको कुनै मूल्य नहुनेसमेत धारणा राखेका थिए ।
सो कार्यक्रममा कावा प्र.अ. दिपक वाग्ले, शिक्षा शाखा प्रमुख जिवलाल भुषाल वडा सदस्य नारायण थापा, ग्लोबल कर्पाेरशन फर डेभलपमेन्टका उक्तम कार्की, युवा नेता तथा समाजसेवी मन बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
जनजागृति प्रा.विका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सहायक प्र.अ गिता गाहा मगरले गरेकी थिइन् ।
सुर्खेत: सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आ...
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...
गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...