नेत्रज्योति संघ कास्कीको अध्यक्षमा सुरेन्द्र थापामगर
पाेखरा | बैशाख २४, २०८०
पोखरा: नेपाल नेत्रज्योति संघ कास्कीको अध्यक्षमा सुरेन्द्र थापामगर निर्विरोध चयन भएका छन् ।
शनिबार सम्पन्न भएको संघको अधिवेशनले वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित चयन गरेको हो ।
अन्य पदाधिकारी अध्यक्षले नियुक्त गर्ने संघको सदस्यहरुमा डा. नन्द श्रेष्ठ, जनकराज पराजुली, रमाकान्त बराल, नारायण बराल, मेघनाथ काफ्ले, शंकर गुरुङ, प्रा।डा। ज्ञानबहादुर कार्की, सुशीला केसी अधिकारी। गणेशबहादुर ढकाल र तुम्ला श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै महिला सदस्यहरुमा राधिकाकुमारी शाही र पुष्पलक्ष्मी महर्जन चयन भएका छन् । यी सदस्यहरुमध्येबाट पदाधिकारीको छनोट गरिने नवनिर्वाचित अध्यक्ष थापामगरले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

