ज्ञवालीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार
पाेखरा | बैशाख २४, २०८०

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम् पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञवालीलाई उक्त पुरस्कार हस्तारण गरेका हुन् । सुचना तथा सञ्चार प्रविधि मन्त्रलायले उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
त्यसगरी अनिता बिन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, लक्ष्मी आचार्य र वरिष्ठ पत्रकार सम्मान राजेन्द्र दहाल र बलराम थापा पनि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह ...
काठमाडौं: नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन् । उनीनेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हु...
काठमाडौं: वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ। क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। ...