सवारीसाधन दुर्घटना, एकको मृत्यु
हेटौंडा | जेठ ३०, २०७९
हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ ।आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
ठक्करबाट सख्त घाइते हुनुभएका सुनारको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइते हुनुभएको र उहाँको उपचार भइरहेको छ । अटोलाई ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

