पाल्पाको गेझाठाँटी–गरन्डाँडा सडकखण्ड जेठ २० सम्म बन्द
पाल्पा | बैशाख २८, २०८०
पाल्पा: पाल्पाको चिलाङ्दी –चापपानी –राम्दी सडकखण्ड अन्तरगतको गेझाठाँटी– गरन्डाँडा सडकखण्ड आगामी जेठ २० गतेसम्म बन्द हुने भएको छ ।
सडक पूर्वाधार विकास कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि आगामी जेठ २० गतेसम्म सडक बन्द हुने जनाएको हो ।
सूचनामा भनिएको छ, ‘चिलाङ्दी –चापपानी –राम्दी (गेझाठाँटीदेखि गरन्डाँडा खण्ड) मा बेस बिछ्याउने कार्य भई कालोपत्रे गर्ने तयारीमा रहेकाले मिति वैशाख २८ गतेदेखि जेठ २० गतेसम्मका लागि सडक बन्द रहने सूचना सबैमा जानकारी गराइन्छ । सो अवधिसम्म वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध छ ।’

काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

