लागुऔषध नियन्त्रण गर्न बगरमा ‘सचेतना कार्यक्रम’
कास्की | जेठ ३०, २०७९
पोखरा: पोखरा महानगरपालिका १ बगरमा भिमकाली क्लबको व्यवस्थापनमा लागुपदार्थ नियन्त्रणमा युवाहरुको भूमिका विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
लागुऔषध नियन्त्रण व्युरो गण्डकी प्रदेशको सहयोगमा भिमकाली क्लबको व्यवस्थापन तथा लागुपदार्थ नियन्त्रण तथा सुधार आमा समुहको आयोजनामा आइतबार सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका १ का नवनिर्वाचित अध्यक्ष साहरा प्रधानले गरे । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले युवाहरु कुलतमा फस्न नहुने धारणा राखे । युवाशक्ति विकासको मेरुडण्ड भएको उल्लेख गर्दै उनले रचनात्मक र सकरात्मक काममा लाग्नुपर्नेमा जोड दिए ।
उनले युवाहरु भविष्यको कर्णधार मात्रै नभई वर्तमानको साझेदारी समेत भएको भन्दै युवालाई समाज रुपान्तरणमा अभिप्रेरित गर्नेगरि क्लब लागेको वडाले काम गर्ने बताए । ‘समाज परिवर्तन गर्न युवाको भूमिका ज्यादै ठुलो हुन्छ, उनले भने, ‘यो कार्यक्रमले पनि लागुऔषधबाट टाढै रहनपर्छ भन्ने सन्देश दिएको छ र समाज विकासमा ठुलो सघाउ पुग्ने विश्वास लिएको छु ।’
अध्यक्ष प्रधानले युवाहरुलाई अग्रसर गराउनका लागि वडाले सधैं पहल गर्ने समेत बताएका थिए ।
यसैगरी मुख्य प्रशिक्षकका रुपमा रहेका लागुऔषध नियन्त्रण व्युरो गण्डकी प्रदेश प्रहरीका प्रहरी नायव निरिक्षक विद्याधर त्रिपाठीले युवाहरु लागुऔषधमा फस्नु पछाडिका कारण र लागुऔषधको बेफाइदा र यसको नियन्त्रणमा युवाको भूमिकाबारे प्रशिक्षण दिएका थिए ।
लागुपदार्थ नियन्त्रण तथा सुधार आमा समुहका अध्यक्ष विष्णु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा भिमकाली क्लबका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

