जुग्जालीमगर दोस्रो पटक मन्त्री बन्ने पक्का, पहिले पर्यटन अब भौतिक पूर्वाधार
पाेखरा | बैशाख २९, २०८०
पोखरा: नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन) दोस्रो पटक मन्त्री बन्ने पक्का भएको छ ।
एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जालीमगर कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने पक्का भएको हो ।
‘मन्त्री मण्डल बिस्तारको सवालमा सत्ता साझेदार दलहरुको सहमति भइसकेको छ, जुग्जाली मगरले सुनगाभा न्यूजसँग भने, 'कांग्रेसको आन्तरिक कुरा मिल्यो भने आजै सपथ हुन सक्छ ।’
उनका अनुसार नेकपा माओवादीबाट यसअघि विना विभागीय मन्त्री बनिसकेकी सुशीला सिम्खडाले सामाजिक विकास तथा स्वस्थ्य मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।
बाँकी रहेको अन्य मन्त्रलायमध्ये केन्द्रीय दबाब आएको खण्डमा नेकपा एकीकृत समाजवादीका एक्ला सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) को भागमा पर्नेछ । यद्यपी अहिल्यै टुंगो भने लागेको छैन ।
मन्त्रिपरिषद् बिस्तारमा माओवादीको तर्फबाट दुइजनाको पक्का भइसकेपनि नेपाली कांग्रेसको तर्फबाट महेन्द्रध्वज जिसी मात्रै मन्त्री बन्ने टुंगो लागेको कांग्रेस निकट स्रोतको भनाई छ । ‘माओवादीको सबै टुंगो लागिसक्यो, स्रोतले भन्यो, ‘नेपाली कांग्रेसबाट आकांक्षी धेरै छन् त्यसकारण अहिलेसम्म एक जनाको मात्रै फिक्स भइसकेको छ । बाँकी छलफलकै चरणमा छ ।’
हालसम्म टुंगो लागेको मन्त्रालयमध्ये मुख्यमन्त्री तथा (आन्तरिक मामिला तथा कानून मन्त्रालय) मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा माओवादी केन्द्रका रेशम जुग्जाली मगर (सुविन), सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सोही पार्टीकै सुशीला सिम्खडाको टुंगो लागिसकेको छ ।
तर आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारीबारे भने टुंगो लागेको छैन ।
यसमध्ये नेकपा एकीकृत समाजवादी केन्द्रको दबाब आयो भने एक्ला सांसद राजीव गुरुङ माओवादी केन्द दोस्रो पटक मन्त्री बन्ने मौका आउनसक्छ । अन्यथा यी मन्त्रालय कांग्रेसकै भागमा रहने छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

