आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्षको मृत्यु
जाजरकोट | बैशाख २९, २०८०
सांकेतिक तस्बिर
जाजरकोट: भेरी नगरपालिका-७ मा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको मृत्यु भएको हो ।
भेरी नगरपालिका-७ का वडाध्यक्ष दीपबहादुर शाहीले आगो निभाउने क्रममा सामुदायिक वनका अध्यक्ष कार्कीको मृत्यु भएको जानकारी दिए । बिहीबार दिउँसो सामुदायिक वनमा आगो फैलिए पछि अध्यक्ष लगायत उपभोक्ताहरू आगो निभाउन सामुदायिक वनमा गएका थिए । दिनभरि प्रयास गर्दा पनि आगो नियन्त्रण गर्न नसकेपछि राती गाउँलेहरूले आगो नियन्त्रण गरेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकृत प्रहरी निरीक्षक नवीन चुदालीले क्रममा सामुदायिक वनका अध्यक्षको जलेर मृत्यु भएको खबर पस्चात प्रहरी घटनास्थलमा पठाइएको बताए ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा ...
पोखराः पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर) पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् । &ls...
पोखरा: आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० पोखराको ब्वाइज सिंगल्सतर्फ कोरियाका युल हो जुङ र श्रीलंकाका गानुका फर्नान्डो फाइनलमा प्रवेश गर्दा गल्र्सतर्फ नेपालकी शिवाली गुरूङ र चाइनिज ताइपेईकी के&n...

