भौतिकमन्त्री जुग्जालीमगरको आग्रह: खादा- माला नल्याउनुस्
पाेखरा | बैशाख ३१, २०८०
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली मगर(सुविन) ले भेटघाट र शुभकामना दिन आउनेहरुलाई खादा र माला नल्याउन आग्रह गरेका छन् ।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत रहेका मगरले शुभकामना दिन आउनेहरुलाई माला र खादाको प्रयोग नगर्न आग्रह गरेका हुन् ।
खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा फजुल खर्च हुने भएकाले यस्तो निर्णय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए ।
उनका अनुसार आज विहान सचिवालयबाटै सूचना नै जारी गरी सम्पूर्णमा जानकारी गराइएको पौडेलले बताए ।
शुक्रबार पद तथा गोपनीयताको सपथ र कार्यभार सम्हालेका जुग्जाली मगरले प्रादेशिक सडकहरुको गुरुयोजना तयार पार्ने निर्णय गरेका थिए ।
आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको मन्त्री जुग्जालीले बताउनुभयो ।
यसअघि एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा करिब दुई महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका जुग्जाली मगरले काँग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वका प्रदेश सरकारमा भौतिक मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
जुग्जाली मगर म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजकसमेत हुन् ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

