तनहुँमा बस दुर्घटना हुँदा २७ जना घाइते

तनहुँ | जेठ १, २०८०

तनहुँमा बस दुर्घटना हुँदा २७ जना घाइते सांकेतिक तस्बिर

तनहुँ:   पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

 

काठमाडौं पोखराका लागि छुटेको  ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका सबैको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले जानकारी दिएका छन् । 

 

घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रेफर’ गरिएको उहाँले बताउनु भयो र अन्य घाइतेको भने दमौलीको अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्

पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

थप पढ्नुहोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।   तस्...

थप पढ्नुहोस्