स्याङ्जाको ठाडोभाका ,भैरमथानको यात्रालाई समर्पित डकुमेन्ट्री पोखरामा प्रदर्शन हुने
पाेखरा | जेठ १, २०८०
पोखरा: चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्रीहरुको पोखरामा प्रर्दशन हुने भएको छ ।
सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री तथा भिडियोहरु प्रर्दशन गर्ने लागिएको चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका सचिव रुद्र सन्देश मगरले जानकारी दिए ।
डकुमेन्ट्री आगामी शनिवार जेठ ६ गते पोखरा थिएटर, गैह्रापाटनमा प्रदर्शन गरीने मञ्चका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए । मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि डकुमेन्ट्री प्रर्दशन गर्ने लागिएको उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको प्रर्दशनी गरेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

