तापक्रम वृद्धिले गर्दा महोत्तरीको जनजीवन प्रभावित
महोत्तरी | जेठ २, २०८०
जलेश्वर: महोत्तरी जिल्लामा केही दिनदेखि बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
पछिल्ला दिन यहाँ चालीस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्री तापक्रम पुगेको छ । यसबाट महोत्तरीको जनजीवन प्रभावित भएको छ भने यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा मनीषा भारद्वाजका अनुसार गर्मी बढेसँगै अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बृद्धि भएको छ । सामान्यरूपमा ७०–७५ उपचारका लागि आउने गरेकामा अहिले एक सय ५० देखि दुई सय ५० बिरामी उपचारका लागि आउने गरेको उनले बताइन् ।
उनकम अनुसार गर्मीले आउ, ज्वरो, झाडापखाला, टाइफाइड, छालाजन्य रोग, पानीको कमी र जन्डिसका बिरामीको सङ्ख्या अत्यधिक बढेको हो । चर्को घाम र तातो हावाका कारण जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसहित सहरी र ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ ।
अत्यधिक गर्मीका कारण जिल्लाका ह्याण्डपाइप, कुवा, इनार, पोखरीलगायत पानीको मुहान सुक्न थालेका छन् । जलेश्वर नगरसहित जिल्लाका उत्तरवर्ती अधिकांश क्षेत्रका अनेकौँ हयाण्डपाइपबाट पानी आउन छाडेका छन् ।
चर्को घाम र तातो हावाका कारण बिहान १०–११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावश्यक कामबाहेक सर्वसाधारण घरमै बस्छन् । अकाशे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बीउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन् । गर्मीले गर्दा तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ । रासस
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

