घान्द्रुकको बसपार्कमा ‘सिसी क्यामेरा’

पाेखरा | जेठ ३, २०८०

घान्द्रुकको बसपार्कमा ‘सिसी क्यामेरा’

पोखरा:   कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकको बसपार्कमा सिसी क्यामेरा जडान गरिएको छ । 


कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा पर्ने पर्यटकीय क्षेत्र घान्द्रुकस्थित बसपार्कमा सुरक्षालाई मध्यनजर गर्दै साढे ३ लाखको लागतमा घान्द्रुक पर्यटन विकास समितिले सिसी क्यामेरा जडान गरेको हो । 


समितिका अध्यक्ष विक्रम गुरुङले घान्द्रुक आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले ल्याउने सवारीसाधनको सुरक्षाका लागि सिसी क्यामेरा जडान गरेको बताए ।


 ‘घान्द्रुक कास्कीको एक पर्यटकीय स्थल हो, घान्द्रुकको बसपार्कमा सवारी साधन राखेर घोडेपानी, अन्नपूर्ण आधारसिविर, पुनहिल लगायतका पदमार्ग पर्यटक जान्छन्, गुरुङले भने, ‘पर्यटकहरुले पार्किङ गरेर राखेको सवारीबाट तेल चोरी हुने, हराउने जस्ता कार्य नहुन सिसी क्यामेरा जडान गरेका हौं ।’


घान्द्रुक पर्यटक विकास समितिले साढे ३ लाखको लागतमा घान्द्रुकको बसपार्कमा ३ वटा सिसी क्यामेरा जडान गरेको हो । 


घान्द्रुकका पर्यटन व्यवसायी अमृत गुरुङले सिसी क्यामेरा जडान हुँदा गाउँको शान्ति सुरक्षादेखि पर्यटकहरुको सुरक्षा लागि पनि सहयोग पुग्ने बताए । 


‘घान्द्रुक बसपार्कमा सवारी पार्किङ गरेर अन्नपूर्ण आधारशिविर,पुनहिल, घोडेपानी पदमार्गमा निस्कने पर्यटकहरुले प्रयोग गर्ने रुट हो, उनले भने, ‘बसपार्कमा पार्किङ गरेर राखेको सवारी धनीहरुले बेलाबेलामा तेल चोरी भयो भन्ने गुनासो गरेपछि समितिले सिसी क्यामेरा जडान गरेको छ ।’


यस्तै पर्यटकीय क्षेत्र घान्द्रुकमा ज्योति विकास बैंकको सहकार्यमा पर्यटन व्यवस्थापन समितिले ६० वटा डस्टबिन गाउँमा वितरण गरेको छ । 
 

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...

थप पढ्नुहोस्

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

थप पढ्नुहोस्