‘खेल्छ गण्डकी’ कार्यक्रम महिला भलिबल खेलाडी उत्पादनमा

पाेखरा | जेठ ४, २०८०

‘खेल्छ गण्डकी’ कार्यक्रम महिला भलिबल खेलाडी उत्पादनमा

पोखरा:        गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीले अघि सारेको खेल्छ गण्डकी कार्यक्रम गण्डकी प्रदेशको महिला भलिबल खेलको विकासमा अघि बढ्ने भएको छ ।


परिषदको बुधबार बसेको बैठकले उक्त कार्यक्रम मार्फत प्रदेशको भलिबल खेल विकासका लागि अघि बढाउने निधो गरेको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै परिषदका सदस्य तथा सो कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले प्रदेशको महिला भलिबल खेलाडी उत्पादन कमजोर बन्दै गएको बताउँदै सो रकम खेलाडी उत्पादनमा खर्च गरिने बताए ।


नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलमा पछिल्लो समय प्रदेशको टिम कमजोर बन्दै गएकोमा सबैका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले खेल्छ गण्डकी मार्फत पहिलो फेजमा महिला भलिबल खेलाडी उत्पादनमा खर्च गर्नुपर्ने बताए । आ।व २०७९र०८० का लागि विनियोजित रकमको ३० लाख रुपैयाँमार्फत उक्त कार्यक्रम सञ्चालन गरिने परिषदले निर्णय गरेको छ ।


कार्यक्रम मार्फत हालै एसइई दिएर बसेका विद्यार्थीहरुलाई ट्यालेन्ट हन्टको माध्यमबाट  ११ वटै जिल्लाबाट ४० जना महिला भलिबल खेलाडीलाई पोखरामा १० दिने आवाशिय सुविधा सहितको प्रशिक्षण दिइने छ । कार्यक्रम अन्तर्गत ४० जनाबाट १२ जना छनौट गरी उनीहरुलाई पोखरामा नै राखेर छात्रवृतीमा ११ र १२ कक्षा अध्ययन गर्ने सुविधाका लागि समेत परिषदले समन्वय गर्ने भएको छ । सो को लागि उच्च मावी शिक्षा परिषद गण्डकी, निजि विद्यालयहरु, निजि क्षेत्रको सहभागिता, भलिबल संघ, शिक्षा मन्त्रालय संग समन्वय गरेर अघि बढ्ने परिषदले जनाएको छ ।


खेल्छ गण्डकी कार्यक्रम प्रदेशकै खेलकुद विकासका लागि महत्वपूर्ण कार्यक्रम रहेको बताउँदै सदस्य सचिव शर्माले पहिलो चरणमा महिला भलिबल खेलाडी उत्पादनका लागि खर्च गरिने भए पनि क्रमैसंग आगामी दिनमा सबै खेलहरुका लागि सुरुवात गरिने बताए । उनले भने–“यो कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक महत्वपूर्ण र सकारात्मक कार्यक्रम हो । हाम्रो पहिलो ध्यान खेलाडी उत्पादनमा नै हो । महिला भलिबलबाट सुरुवात भए संगै अन्य खेलहरुलाई क्रमैसंग यस प्रकारका परियोजना अघि बढाउने छौं साथै १० औं राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्ने लक्ष्यका साथ अघि बढ्छौं ।”


साथै बैठकले आ.व. २०८०÷०८१ को बजेटका विषयमा समेत प्रारम्भिक छलफल गर्नुका साथै आ.व २०७९०८० को बाँकी कार्यक्रमहरु समेत चाँडै सम्पादन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्