जेठ दोस्रो साता पाल्पामा कर्णेल उजीर सिंह गोल्डकप, उपाधि राशी ३ लाख
पाल्पा | जेठ ४, २०८०

तानसेन: पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जेठको दोस्रो साता कर्णेल उजीर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
पर्यटकीय नगर तानसेनको टुंडीखेलमा आगामी १२ गतेदेखि प्रतियोगिता हुने खेल संयोजक कर्ण चित्रकारले जानकारी दिए । उनका अनुसार तयारी तिब्र पारिएको छ ।
सो प्रतियोगिताको विजेता टोलीले नगद रु ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १ लाख ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्ने छ ।
यस्तै सो प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट ५ विधामा खेलाडीहरुलाई पुरस्कृत गरिने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले बताए ।
उनले सो प्रतियोगितामा पाल्पासहित कास्की, नवलपरासी, रुपन्देहीका टिमहरुको सहभागिता रहने जानकारी दिए ।
सो प्रतियोगितालाई तानसेन नगरपालिका, पाल्पा उद्योग वाणिज्य संघ, तानसेन र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...