सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री पोखरामा भोलि प्रर्दशन हुने
पाेखरा | जेठ ५, २०८०

पोखरा: सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा पोखरामा भोलि प्रर्दशनको हुने भएको छ ।
कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री प्रर्दशनको तयारी पूरा भएको सञ्चारकर्मी एवम् निर्देशक सिञ्जालीले जानकारी दिए ।
पोखरा महानगरपालिका ४ गैह्रापाटन स्थित पोखरा थिएटरमा प्रदर्शन हुने चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए ।
डकुमेन्ट्री मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि प्रर्दशन गर्ने लागिएको उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको प्रर्दशनी गरेको थियो ।
पोखरा: पोखरा महानगपालिका ३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका राजेश श्रेष्ठ मृत फेला परेका छन् । आइतबार साँझ करिव ७:४० बजेको समयमा बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाका...
पाल्पा: पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...
पोखरा: पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ । वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...