पोखरामा खुल्ला कायाकिङ प्रतियोगिताको तयारी तीव्र
पाेखरा | जेठ ५, २०८०
पोखरा: प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरामा खुल्ला कायाकिङ प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
प्रदेश खेलकुद सदस्य तथा सहाशिक खेलकुद संयोजक बसन्तराज दवाडीका अनुसार प्रतियोगितामा ३० जना प्रतियोगिले सहभागिता जनाउने छन् । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो पाँचौ हुने विजेता खेलाडीले क्रमश नगद रु ३५ हजार, २५ हजार, १५ हजार र १० हजार र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता संयोजक दवाडीले ‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु हुने प्रतियोगिता याम्दीमा पुगेर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने जानकारी परिषदले दिएको छ ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

