अरण्यज्योति र पेलिकेण्ट्स तनहुँ अरण्यज्योति कपको फाइनलमा
पाेखरा | जेठ ८, २०८०
पोखरा: आयोजक अरण्यज्योति क्रिकेट क्लव र पेलिकेण्ट्स क्रिकेट क्लव, तनहुँ पोखरामा जारीलुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनलमा प्रवेश गरेका छन् ।
अरण्यज्योतीले साँग्रिला क्रिकेट क्लवलाई तथा तनहुँले बाग्लुङ्गलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
पोखरा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा अरण्यज्योलीले साँग्रिला क्रिकेट क्लवलाई ३० रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको अरण्यज्योतीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४ रन बनाएको छ । अरण्यज्योतीको व्याटिङमा अभिषेक बस्नेतले ३१ तथा विवेक नेपालीले १८ रन जोडे ।
जितका लागि १ सय ५ रनको लक्ष्य पाएको साँग्रिलाले १६.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ७४ रन बनायो । साँग्रिलाको तर्फबाट नारायण जोशीले २४ तथा सिब्रिन श्रेष्ठले १८ रन जोडे । अरण्यज्योतीका बलरहरु अब्दुल मियाले ४ र अमरसिंह राउटेलाले ३ विकेट लिए ।
अर्को सेमिफाइनलमा तनहुँले बाग्लुङलाई ७ रनले पराजित ग¥यो । पहिला व्याटिङ गरेको तनहुँले १५.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८६ रन बनाएको थियो । बाग्लुङको तर्फबाट म्यान अफ द म्याच प्रतिक श्रेष्ठले ४० रन हाने । प्रत्युत्तरमा बाग्लुङले पुरा २० ओभर खेल्दै १० विकेटको क्षतिमा ७९ रन बनायो । बाग्लुङका लागि दीपेन्द्र रावतले २१ तथा विश्व कार्कीले १२ रन बनाए ।
प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ ।
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

