पोखराको क्याटवाकमा ‘समिर’ काे प्रस्तुति
पाेखरा | जेठ ९, २०८०
पोखरा: पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा ठूलो सेंसेशन बनाएका समिर श्रेष्ठले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
लेकसाइडस्थित क्लब क्याटवाकमा जेठ २० गते समिर श्रेष्ठ र क्रिसेन्ट्सको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए ।
समीरको ‘थामन हात, तिमि भएर, कुरी बसेछु, हेरन, चार देवार लगायतका गीत चर्चित छन् ।
कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्री वितरण भइरहेको लामाले जानकारी दिए ।
करिब ९ महिना अघिदेखि सञ्चालनमा रहेको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले सेवा लिन पाउछन् । सो क्लबमा अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा व्यवस्था चुस्त रहेको क्लबले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

