स्वीजरल्याण्ड पठाउने भन्दै ठगी गर्ने ७ पक्राउ
काठमाडाैं | जेठ १०, २०८०
सांकेतिक तस्बिर
काठमाडौं: वैदेशिक रोजगारको लागी स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार भएको एक जना प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेको बनेपा नगरपालिका ४ की पार्वती थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्वीजरल्याण्ड पठाइदिने भन्दै पटक पटक गरी ७ लाख २० हजार लिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
उनले स्वीजरल्याण्ड जान ७ लाख २० हजार रुपैयाँ लाग्छ र उता पुगेपछि सुपरमार्केटको काममा महिनाको एक लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभन देखाएकी थिइन तर रकम लिएर फरार भएपछि तुलारामले वैदेशिक रोजगार विभाग काठमाडौंमा दिनुभएको थियो ।
उजुरीपछि पार्वतीको खोजी गरी पक्राउ गरिदिन भन्दै प्रहरीलाई पत्राचार गरेको र विभागको पत्र अनुसार नै पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

