पोखरा १४ र १५ वडास्तरीय फुटबलको उपाधि नजिक
पाेखरा | जेठ १०, २०८०

पोखरा: पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि पोखरा महानगरपालिका वडा नं। १४ र १५ भिड्ने भएका छन् ।
पोखरामा आज (बुधबार) सम्पन्न भएको सेमिफाइलनमा खेलमा पोखरा महानगरपालिका १५ ले ३० लाई र पोखरा १४ ले २७ नम्बर वडालाई पराजित गर्दै फाइलनमा स्थान पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा पोखरा महानगरपालिका वडा नं. १५ ले ३० लाई २–१ गोल अन्तरले पराजित गर्दे फाइनलमा प्रवेश गरेको हो । खेलको ३८ औ मिनेटमा १५ का टिम क्याप्टेन विशाल गुरुङले गोलको खाता खोलेका थिए । मन्जित थापाले डिबक्स भित्रबाट दिएको बललाई उनले जाली चुमाएका हुन । खेलको ४१ औ मिनेटमा ३० का सागर गौतमले गोल गर्देै खेल बराबरीमा पु¥याएका थिए । खेलको अतिरिक्त समयमा १५ का सचिन भण्डारीले टोलीका लागि विजयी गोल गरेका थिए ।
यस्तै बुधबार नै सम्पन्न भएको दोस्रो सेमिफाइलन खेलमा पोखरा महानगरपालिका वडा नं.१४ ले २७ लाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । वडा नं. १४ का आशिष र नरेनले २–२ गोल गर्दै टोलीलाई फाइनल पु¥याएका थिए ।
पोखरा महानगरपालिका १४ का आशिष कार्कीले टोलीको लागि खेलको १७ औ मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाएका थिए । खेलको २६ औ मिनेटमा उनै कार्कीले दोस्रो गोल गरे । खेलको ३९ औ र ४२ औ मिनेटमा १४ का नरेन गुरुङले थप दुई गोल गर्दे फाइनलको यात्रा पक्का बनाए ।
पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका भोलि पोखरा महानगरपालिका १४ र १५ पोखरा रंगशालामा ११ बजे भिड्ने प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
काठमाडौं: वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ११ करोड रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ ग...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले तामाकोक तार चोरी गरेको आरोपमा ३ जना भारतीय नागरिक र १ जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार स्थायी घर भई पोखरा १२ ढिकाल...
पोखरामा पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ । फुटबलर सुदिप सुनारको नेतृत्वमा आगामी असार ३ गते पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जो...