यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता (सूचीसहित)

काठमाडाैं | जेठ ११, २०८०

यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता (सूचीसहित)

काठमाडौं:  नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका ३० जनाविरूद्ध बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भयो ।

 

ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा दायर भएको मुद्दामा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहितका हाइप्रोफाइल मछिए ।

 

 

सो प्रकरणमा सबैभन्दा पहिला गजेन्द्र बुढाथोकीले जाहेरी दिएका थिए । उनले सन्देश शर्मा, केशव दुलाल, सानुभण्डारीसमेतको नाम उल्लेख गर्दै जाहेरी दिएका थिए ।

 

 

यही जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न प्रमाणहरू जुटाएर अनुसन्धान अघि बढाएको थियो । सोहीअनुसार प्रहरीले १६ जनालाई पक्राउ गर्न सक्यो भने थप १४ जना अझै फरार छन् ।

बुधबार दायर मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक गुरूङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ ।

 

यसैगरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, बालकृष्ण खाण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरू सबै प्रहरीको हिरासतमै रहेका छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्