भारत र अष्ट्रेलियाद्वारा आप्रवासन सम्झौताको घोषणा
काठमाडाैं | जेठ ११, २०८०
भारत र अष्ट्रेलियाले आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले आप्रवासन सम्झौताको घोषणा गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिड्नीमा समकक्षी एन्थोनी अल्बानीजसंग भेटका क्रममा सम्झौतामा सहमति भएको हो र सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुई–तर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
भारत र अष्ट्रेलिया चार सदस्यीय क्वाड समूहको हिस्सा हुन्, जसमा जापान र अमेरिका पनि सामेल छन् ।
अमेरिकाका राष्ट्रपति जो बाइडेन ऋण सीमा वार्ताका लागि वाशिंगटन फर्किनु परेपछि सिड्नीमा समूहको निर्धारित बैठक गत हप्ता रद्द गरिएको थियो । मोदीको यो पहिलो अष्ट्रेलिया भ्रमण हो, अल्बानीजले मार्चमा भारत भ्रमण समेत गरेका हुन ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

