प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै
काठमाडाैं | जेठ १७, २०८०

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत भारत जान लाग्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा पाँच जना मन्त्रीसहित ९० जनाको टोली रहनेछ ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो २:५० मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गर्नुहुनेछ ।
भोलि बिहान १०स्३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ । भोलि नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।
प्रचण्ड र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ । त्यसलगत्तै दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कृषिमा सहयोग लगायतका विषयमा सम्झौता र सहकार्यको तयारी भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीच व्यापार, पारवहन, लगानी प्रवर्द्धन, सिँचाइ बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपो पूर्वाधार निर्माण, सीमा समस्या लगायतको विषयमा छलफल गर्ने तयारी छ ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...