घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव: भलिबल र बास्केटबलतर्फ क्वाटरफाइनलको खेल जारी
पाेखरा | जेठ १८, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०-११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवमा गाउँस्तरीय पुरुष भलिबल र खुल्ला बास्केटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।
गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा घान्द्रुक रातो र उरी बीच भएको खेलमा उरी विजयी भएको छ । उरीले घान्द्रुक रातोलाई २५–२० र २५–२२ ले पराजित गरेको छ । दोस्रो खेलमा किम्चे रातोले किम्चे निलोलाई सोझो सेटमा पराजित गरेको । किम्चे रातोले किम्चे निलोलाई २५–१८ र २५–२३ ले पराजित गरेको हो ।
तेस्रो खेलमा क्ल्युले घान्द्रुक निलोलाई सोझो सेटमा नै पराजित गरेको छ । क्ल्युले पहिलो सेट २५– र २५–१६ मा घान्द्रुक निलोलाई पराजित गरेको हो ।
चौथो खेलमा बाबियोडाँडाले भुका गाउँलाई सोझो सेटमा पराजित गरेको छ । बाबियोडाँडाले भुका गाउँलाई २५–२२ र २५–२२ ले पराजित गरेको हो ।
पाँचौ खेलमा ठाँटीले उरीलाई सोझो सेटमा नै पराजित गरेको छ । ठाँटीले उरालाई २५–१६ र २५–२१ ले पराजित गरेको हो ।
खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
बास्केटबलतर्फ क्वाटरफाइलनको खेल जारी
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आयोजित खुल्ला बास्केटबल प्रतियोगिता क्वाटरफाइनलको खेल सुरु भएको छ ।
पहिलो क्वाटरफाइनल खेलमा स्याउलीबजारले भेन्ट्रास घान्द्रुकलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ । स्याउली बजारले ४६–२२ को अङ्कमा भेन्ट्रास घान्द्रुकलाई पराजित गर्दै सेमिफाइलनमा स्थान पक्का बनाएको हो ।

दोस्रो क्वाटरफाइनल खेलमा मार्दी खोला (सुन्तला)ले घान्द्रुक रातोलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ । मार्दी खोलाले घान्द्रुक रातोलाई ५५–३० अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलको तेस्रो खेल चितवन र सेन्चुरी युवा क्लब र चौथो क्वाटरफाइनल खेल घान्द्रुक सेतो र मार्दी खोला निलोबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
११ समूहको सहभागिता रहेको बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
जेठ २० गते म्याराथन प्रतियोगितामा सञ्चालन हुनेछ । म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद्  ...
पोखरा: कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गा...
काठमाडौं: शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ। आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गरा...

