तेस्रो अन्नपूर्ण म्याराथनः पुरुषतर्फ जुम्लाका बुढा र महिलातर्फ भण्डारीलाई उपाधि

पाेखरा | जेठ २०, २०८०

तेस्रो अन्नपूर्ण म्याराथनः पुरुषतर्फ जुम्लाका  बुढा र महिलातर्फ भण्डारीलाई उपाधि Photo: Prem Thapa

पोखरा:    जुम्लाका धावक धिराबहादुर बुढा र गणना भण्डारीले तेश्रो अन्नपूर्ण म्याराथनको उपाधि जितेका छन् । 


शनिबार सम्पन्न भएको अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्र्तगत म्याराथन प्रतियोगितामा पुरुषतर्फ जुम्लाका धिरा बहादुर बुढाले जितेका हुन् । 


जुम्लाका धावक धिरा बहादुर बुढाले ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै उपाधि जितेका हुन् । यस्तै नेपाल आर्मीका धावक होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भएका छन् भने, आर्मीका धावक नै बेद बहादुर सुनुवारले ४ घण्टा १६मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका छन् । 


यस्तै महिलातर्फको म्याराथन प्रतियोगितामा पनि जुम्लाका धावक गणना भण्डारीले उपाधि जितेका छन् । उनले ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै उपाधि चुमेका हुन् । यस्तै धादिङकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भईन् भने, ओखलदुङ्गाकी चोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भईन् । 


म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाएका छन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार,  दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।


अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न भएको थियो ।  


सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन आज अन्नपूर्ण आरोहण दिवसको अवसरमा सम्पन्न भएको हो । 
 

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्