सुनको भाउ आज १७ सय रुपैयाँले घट्यो
काठमाडाैं | जेठ २१, २०८०
काठमाण्डाै: सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ । लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । अस्ति तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति ताेलाको १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ अघिल्लो दिन बिहीवार १ लाख १२ हजार ५ सय रुपैयाँ थियो । बुधवार तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

