राष्ट्रिय सभा बैठक भाेलि दिउँसाे एक बजेसम्मका लागि स्थगित

काठमाडाैं | जेठ २१, २०८०

राष्ट्रिय सभा बैठक भाेलि दिउँसाे एक बजेसम्मका लागि स्थगित

काठमाण्डौ: राष्ट्रिय सभाको बैठक भोलि सोमवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रघाती काम भएको भन्दै नेकपा एमालेले आज आइतवारको बैठक अवरोध गरेपछि २९ मिनेटका लागि रोकिएको थियो तर अवरोध कायमै रहेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।

 

आजको बैठक सुरु भए लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लङ्घन गरेको बताउनुभयो । उहाँले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतको भू–भाग बङ्गलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो । 

 

यो विषयमा जवाफ दिन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सरकारलाई  रुलिङु समेत गर्नुभएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्