प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेश कब्बडी संघ
पाेखरा | जेठ २४, २०८०
पोखरा: पवन कुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेशस्तरिय कब्बडी संंघ गठन भएको छ ।
पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतीको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । नवगठित समितिका अध्यक्ष प्रजापती पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । समितिको उपाध्यक्षमा भरत कुमार श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् । कार्यसमितको सचिवमा हरि जिसी र कोषाध्यक्षमा विन्दु थापा मगर रहेका छन् ।
नवगठित कार्यसमितिको सदस्यमा सन्दिप पन्त, हरि सिग्देल, युवराज श्रेष्ठ, रविन्द्र खाती क्षेत्री, विज्ञान नेपाली, विकास बाँनिया र तेज बहादुर विष्ट रहेका छन् ।
खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटक उक्त समिति गठन भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषीराम गौतम र नेपाल कब्बडी संघका राष्ट्रिय उपाध्यक्ष विरेन्द्र कुमार यादवको विशेष उपस्थितीमा सम्पन्न भेलामा कास्की, तनहुँ, गोर्खा, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता रहेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

