काठमाडौंमा आफ्नै १४ दिने शिशुको हत्या आरोपमा बुवा पक्राउ

काठमाडाैं | जेठ २५, २०८०

काठमाडौंमा आफ्नै १४ दिने शिशुको हत्या आरोपमा बुवा पक्राउ

काठमाडौं:   आफ्नै १४ दिने शिशु छोराको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारी रहेका छन् ।

 

उनलाई गत मंगलबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो । 

 

अन्सारीले आफ्नै १४ दिनको शिशुको गतजेठ १४ गते हत्या गरी फरार थिए ।

 

पक्राउ परेका अन्सारीमाथि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्