साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिम घोषणा (नामसहित)
काठमाडाैं | जेठ २५, २०८०
काठमाडौं: असार ६ बाट सुरु हुने दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टिम घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार च्याम्पियनसिपका लागि अन्तिम टिम घोषणा गरेका हुन्।
नेपालले असार ६ मा कुवेतसँग खेल्नेछ भने असार ९ मा भारतसँग खेल्नेछ भने नेपालले समूहको अन्तिम खेल असार १२ मा पाकिस्तानसँग खेल्नेछ ।
च्याम्पियनसिप तयारी अन्तर्गत नेपालले जेठ ३२ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ।
च्याम्पियनसिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ (आरजी पञ्जाब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब)
डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब)
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

