मृत्युपश्चात् भत्ता लिएको छैन, हाम्रो परिवारको मानमर्दन गरियो: कर्म गुरुङ

कास्की | जेठ २६, २०८०

मृत्युपश्चात् भत्ता लिएको छैन, हाम्रो परिवारको मानमर्दन गरियो: कर्म गुरुङ

कास्की:   माछापुच्छ्रे गाउँपालिका निवासी एक व्यक्तिको मृत्युपछि पनि सामाजिक भत्ता बुझेको समाचार प्रकाशित भएपछि सम्बन्धित परिवारले दुख व्यक्त गरेका छन् । 

 

०७८ वैशाखको १३ गते कोराना संक्रमित खर्कबहादुर गुरुङको मृत्यु भएको थियो । त्यसयता मृतकको परिवारले निरन्तर सामाजिक भत्ता बुझ्दै आएको महालेखा परीक्षकको प्रतिवेदनमा देखिएपछि समाचार प्रकाशित भएको थियो । 

 

सोही समाचारमार्फत जानकारी भएपछि मृतकका छोरा कर्मले आपत्ति जनाएका छन् । ‘बुवाको मृत्युपछि हामीले उहाँको नामबाट सरकारको एक पैसा लिएका छैनौं’ आश्चर्यभावमा कर्म भन्छन् ‘बैंक र सम्बन्धित निकायको लापरवाहीले परिवारजन पीडित छौं ।’

 

उक्त खबर आएपछि कर्मले स्वयं मुक्तिनाथ विकास बैंक, हेमजामा गई बुझ्दा ५० हजार १३० रुपैयाँ खातामा रहेको जानकारी पाएपछि तत्काल वडाध्यक्षलाई जानकारी गराएको बताए । मृतकको ठेगाना वडा नम्बर ८ हो । 
समाचारले सामाजिक प्रतिष्ठामा आघात पुगेको र परिवारको मानहानी भएको कर्मको ठम्याई छ । 

 

यस विषयमा वडाध्यक्ष राम गुरुङसँग सम्पर्क गर्दा उक्त रकम बैंक खातामै रहेको पाइएको र सरोकारवाला निकायलाई नै फिर्ता पठाउन प्रक्रिया सुरु गरेको जनाएका छन् । 
 

 

वडाध्यक्ष गुरुङका अनुसार त्यस समय कोभिडको चरस त्रास रहेकाले ढिलो गरेर मृत्यु दर्ता भएको र पञ्जिकरण हेर्ने सचिवले समयमै जानकारी नपाएकाले त्यस्तो भएको हुनसक्ने बताएका छन् । 

 

‘मृतकको परिवारले भत्ता लिएका छैनन्’ गुरुङले भने ‘उहाँहरुमा पर्न गएको पीडाप्रति हामी पनि दुखी छौं ।’

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्