पैदलयात्रीको गुनासोपछि २ साइकलयात्री कारवाहीमा !
काठमाडाैं | असार १, २०७९
तस्बिरः काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय
काठमाण्डौं: काठमाण्डौंको सार्वजनिक क्षेत्रमा साइकल चलाउने २ जनालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले आवश्यक कारवाही गरेको छ ।
उक्त स्थानमा साइकल चलाउँदा बाधा–अवरोध भएको जनगुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आइन्दा पैदलयात्री एवं सार्वजनिकस्थलमा सर्वसाधारणलाई कुनैपनि अवरोध नगर्न र ट्राफिक नियमसम्बन्धी जानकारीसहित आवश्यक कारवाही गरेको बताएको छ ।
उपत्यका ट्राफिकले दिएको जानकारी अनुसार उनीहरुलाई केही समय नियमित सम्पर्कमा रहनसमेत निर्देशन दिइएको छ । प्रहरीको फेसबुक पेज र ट्विटरमा केही दिनदेखि जनगुनासो आइरहेपछि नियन्त्रणमा लिइएको थियो ।
पशुपति क्षेत्रमा साइकल चलाउँदा एक पैदलयात्रीलाई सामान्यरुपमा छोइएपछि उनले भिडियोमार्फत प्रहरीलाई जानकारी दिएका थिए । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक संजीव शर्मा दासका अनुसार सामाजिक सञ्जालमा ट्राफिक प्रहरीमाथि अनावश्यक निन्दा भएपछि उनीहरुलाई बोलाएर सम्झाई बुझाई गरिएको छ ।
नेपालमा साइकल, रिक्सा, ठेलागाडासम्बन्धी नीति नियम नभएकाले बेलामौका यस्ता सामान्य घटना हुने गरेको दासले जनाए ।
‘साइकल वातावरणमैत्री सवारी साधन हो, यसकाले मानव स्वास्थ्यलाई समेत हित गर्छ, तर सामान्य हेक्का राखिदिन आग्रह गर्दछु’ दासले भने
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

