बाटुलेचौरको स्विमिङ पुलमा डुबेर थापाको मृत्यु
पाेखरा | जेठ २८, २०८०
Filed Photo of Swimming Pool- Mirror House, Batulechaur, Pokhara
पोखरा: पोखरामा एक बालकको स्विमिङ पुलमा डुबेर मृत्यु भएको छ ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ आलुमाइला चोकका १० वर्षीय ऐनक्स थापा रहेका छन् ।
पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित मोहनदत्त पोख्रेलले संचालन गरेको मिरर हाउससँगै रहेको स्विमिङ पुलमा शनिबार ऐनक्स पौडी खेल्ने पुगेका थिए ।
सोही क्रममा डुबेका उनलाई उपचारका लागि दीप अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।
सो घटनाबारे वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

