पोखरामा वन रक्षकका दुई नक्कली परीक्षार्थी प्रकाउ

पाेखरा | जेठ ३०, २०८०

पोखरामा वन रक्षकका दुई नक्कली परीक्षार्थी प्रकाउ

पोखरा:   वन रक्षकको परीक्षामा सहभागी भएका जुम्लाका दुई नक्कली परीक्षार्थीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका १५ फुलवारी स्थित गण्डकी प्रदेश तालिम केन्द्रमा सञ्चालन भईरहेको वन रक्षकको परीक्षामा सहभागी भएका जुम्लाका २ जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो । 


लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) प्रदेश वन, सेवा जनरल फरेष्ट्रि समूह, सहायक तेस्रो तह वन रक्षक पदको शारीरिक तन्दुरस्ती (शारीरिक परीक्षण,दौड, रुख चड्ने र पौडी ) परीक्षामा सहभागी भएका परीक्षार्थीहरुको कागजात चेकजाँच गर्ने क्रममा जुम्लाका २ नक्कली परीक्षार्थी प्रकाउ परेका हुन् । 


प्रकाउ पर्नेमा जुम्लाको चन्दनाथ नगरपालिका ९ घर भएका १८ वर्षीय बालक र जुम्लाको सिन्जा गाउँपालिका ३ घर भएका २५ वर्षीय पदम बुढालाई वन रक्षकको परीक्षामा अर्काको नाममा रहेको नागरिकतामा आफ्नो फोटो टाँस गरेर सहभागी भएको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । 


प्रकाउ परेका दुवैजनालाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन सम्बन्धि मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्