गाडी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वमेयर गिरीको मृत्यु
स्याङ्जा | असार २, २०८०
स्याङजा: स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटना परी मृत्यु भएको छ ।
शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।
चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले राति ११ः४० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गाडी शुक्रबार राति ११ बजे पुतलीबजार(१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो ।
प्रहरीले पुतलीबजार-९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

