सुयना बनिन् ‘मिस एसइई गण्डकी’

पाेखरा | असार ३, २०८०

सुयना बनिन् ‘मिस एसइई गण्डकी’ PHOTO: PREM 7

पोखरा:  एसटी क्रियसनद्वारा आयोजित तेस्राे मिस एसइई गण्डकीको ताज सुयना हिराचनले जितेकी छिन् ।

 

शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा अन्य १३ प्रतिस्पर्धीलाई पछि पार्दै सुयना मिस एसइई गण्डकी –२०२३ बनेकी हुन् ।

 

उनले मिस एसइई गण्डकी २०२३ को ताजसँगै प्लस टु अध्यनका लागि पूर्ण छात्रवृत्तिसहित नगद रु २५ हजार तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

 

यस्तै फस्ट रनरअप स्मृति ताम्राकार बन्दै प्लस टु अध्यनका लागि ७५% छात्रवृत्तिसहित नगद रु २० हजार प्राप्त गरिन् भने सेकेन्ड रनरअप बनेकी समृद्धि थापाले  प्लस टु अध्यनका लागि ७५% छात्रवृत्तिसहित नगद रु २० हजार हात पारिन् ।

 

भ्यूअर च्वाइसका रुपमा जेसिका गुरुङ पुरस्कृत बनिन् ।  यस्तै अन्य विधामा उत्कृष्ट बनेकी प्रतिस्पर्धीहरुलाई पनि अवार्ड प्रदान गरिएकाे थियाे ।

 

निर्णायकमा डा. रामजी शर्मा, कौशल्या गुरुङ, जेनिता थापामगर, अर्कित पुरी, मन्जेस गिरी र सफल सुवेदी रहेका थिए ।   

 

उनीहरुलाई गण्डकी प्रदेश सभा सदस्य तथा महिला नेतृ सरस्वती गुरुङ लगायतले पुरस्कार वितरण गरेकी थिइन् ।


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्