पोखराको सेदीमा १ अर्बको ‘दोर्जे रिर्सोट’

पाेखरा | असार ३, २०८०

पोखराको सेदीमा १ अर्बको ‘दोर्जे रिर्सोट’ PHOTO: SAGAR TIMILSINA

पोखरा:  पोखरा महानगरपालिका १८ स्थित अन्नपुर्ण केबलकारको नजिक ३१ रोपनीमा १३ भिल्लासहित दोर्ज रिसोर्ट एण्ड स्पा सञ्चालनको तयारी छ ।

 

नेपाली परम्परा र आधुनिक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा निर्मित दोर्जे रिर्सोट एण्ड स्पा यही महिनाको पहिलो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको सञ्चालक दोर्जे तामाङले बताए । 

 

उनका अुनसार जग्गासहित करिब १ अर्बको लागतमा उक्त रिसोर्ट निर्माण गरिएको हो ।

 

उनले नयाँ अवधारणा अनुसार बनाइएको कारण पर्यटक भित्रिने अपेक्षा लिइएको छ ।

 

उक्त रिर्सोटमा हाल २३ वटा कोठा छन् । जसमा १९ डिलक्स र ४ वटा सुइट रुम छन् । अन्तिमसम्म ३१ वटा रुप तयार तामाङले बताए ।

 

यस्तै रिर्सोटमा जिम हल, सेमिनार हल, स्विमिङ पुल, स्पा, ज्याकुजी, आफ्नै फार्म हाउस लगायतका सेवाहरु छन् । आन्तरिक पर्यटकका लागि प्रतिदिन कोठाको शुल्क २५ हजारबाट सुरु हुने उनले बताए ।

 

यस्तै विदेशीका लागि भने २ सय ५० डलर देखि ७ सय डलरसम्म निर्धारण गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्