बसुन्धराको पार्टी कार्यालय बालाजुमा सार्ने रास्वपाको तयारी
काठमाडाैं | असार ४, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय सर्ने भएको छ। आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर कार्यालय सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिएका छन्।
हाल रास्वपाको केन्द्रीय कार्यालय बसुन्धारामा छ र बालाजुमा रहेको डा। भरतमणी देवकोटाको घरमा कार्यायल सार्न लागिएको हो। उक्त घरको मासिक ३ लाख ५० हजार भाडा तिर्ने सम्झौता भएको छ।
प्रवक्ता ढकालले अहिले भइरहेको कार्यालय सानो भएको भन्दै पार्टीका बैठकसमेत गर्नका लागि पर्याप्त नभएकोले सर्न लागिएको बताएका छन्।
उनका अनुसार अब सर्न लागिएको ५ तले भवनमा केन्द्रिय समितिको सबै बैठक गर्न पर्याप्त स्थान हुनेछ। रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

