कोशी प्रदेशले बाढी पहिराेबाट ज्यान गुमाएकाकाे परिवारलाई १ लाख रुपैयाँ दिने

काठमाडाैं | असार ५, २०८०

कोशी प्रदेशले बाढी पहिराेबाट ज्यान गुमाएकाकाे परिवारलाई १ लाख रुपैयाँ दिने

कोशी प्रदेश सरकारले बाढी पहिराेबाट ज्यान गुमाएकाकाे परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ दिने भएकाे छ ।

 

प्रदेश मन्त्रिपरिषद्को हिजाे साेमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिराेमा परेर ज्यान गुमाएकाकाे परिवारलाई एक लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले याे निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो ।

 

बैठकले कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्