पोखरामा पनि मनाइयो योग दिवस
पाेखरा | असार ६, २०८०
पोखरा: पोखरामा पनि अन्तरराष्ट्रिय योग दिवस मनाइएको छ ।
भारतीय राजदूतावासले पोखरामा आज (बुधबार) वृहत योग शिविर आयोजना गर्दै योग दिवस मनाएको हो ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन वोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा रंगशालामा शिविर सञ्चालन गरिएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय दूतावासको कार्यक्रमले दुई मुलुकबीचको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गरे ।
उनले पोखरा र गण्डकी प्रदेश पर्यटकीइ केन्द्र भएको बताउदै यहाँ धार्मिक पर्यटकलाई भित्राउन सकिने बताए ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातील्े भारतका विभिन्न शहरबाट पोखरा सिधा हवाई सम्पर्क कायम गरी पर्यटकीय गतिविधि बढाउन सकिने धारणा राखेका थिए ।
नेपालमा वि.स २०३६ माघ १ देखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

