नेपालले विश्वकप विजेता टोली वेष्ट इन्डिज खेल्दै

काठमाडाैं | असार ७, २०८०

नेपालले विश्वकप विजेता टोली वेष्ट इन्डिज खेल्दै

काठमाडौं:   जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ ।


खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो । 


नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले बताएका छन् ।


समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो ।


लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान २र२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।


त्यस्तै लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र एक खेल खेलेको नेदरल्याण्ड्स पुछारमा छ ।


समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् ।


त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्