नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट
काठमाडाैं | असार ७, २०८०
आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा टस जितेर फिल्डिङ थालेको नेपालले दोस्रो विकेट लिएको छ।
बलिङमा राम्रो सुरुआत गरेको नेपालका गुल्शन झाले वेस्ट इन्डिजका लागि वान् डाउनमा क्रिजमा उत्रिएका जोन्सोन चार्ल्सलाई पभिलियन फर्काएका हुन्।
यसअघि क्यारेबियन टिमका लागि ओपनिङमा उत्रिएका काइल मेयर एक रन बनाएर पभिलियन फर्केका थिए। मेयर दोस्रो ओभरको तेस्रो बलमा कुशल भुर्तेलको हातबाट क्याच भएका थिए।
वेस्ट इन्डिजले ४।१ ओभर सकिँदा दुई विकेट गुमाएर ९ रन बनाएको छ।
हरारे स्पोर्ट्स क्लबमा १२:४५ मा सुरु भएको खेलमा नेपाली कप्तान रोहित पौडेलले बलिङ रोजेका थिए। पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

