वडा नं ३० मा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न
पाेखरा | असार ७, २०८०

पोखरा: पोखरा महानगर सामाजिक शाखाको आयोजना र पोखरा महानगर वडा नं ३० को सयोंजनमा बुधबार वडा नं ३० मा बालकालिकाहरुका लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना सलोनि मिश्र ९त्रिभुवन शान्ति विद्यालय०, स्मारिका बिश्वकर्मा ९गुरुकुल बिद्याश्रम०, अकिंता सुनार ९गोल्डेन नेचर बोर्डिङ्ग स्कुल०, सपना थापा ९न्यु लाईट बोर्डिङ्ग स्कुल० र बिनोद थापा ९शहिद स्मारक आधारभूत विद्यालय रहेका छन् ।
वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताउनुभयो ।
विद्यालय स्तरिय चित्रकला प्रतियोगिताका सयोंजक वडा सदस्य भिम कुमारी पुन मगरले विद्यालयको शिक्षाले मात्र नहुने भएकोले यस्ता प्रतियोगिता आगामि दिनमा पनि प्रतियोगिताहरु गरिरहने बताउनुभयो । वडा बाल मञ्च र बाल संरक्षण समितिको आग्रह अनुसार नै आगामि कार्यक्रमहरु हुने मगरले बताउनुभयो ।
प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकोले पुरस्कृत नभए पनि आफ्नो सिर्जना गरिरहनु पर्ने बताउनुभयो । अन्य निर्णायकमा वडा सचिव बलराम पाठक र पत्रकार कलाकार ज्योति हमाल हुनुहुन्थ्यो ।
वडा सदस्यहरु मंगलकाजी मानन्धर, विनोद प्रसाद लामीछाने र उमा परिपार, बाल संरक्षण समिति सदस्य दिक्षा पून, वडा बाल मञ्चका पुर्व अध्यक्ष रश्मि गौतम लगाएतले बालबालिकाहरुको लागि विभिन्न प्रतियोगिताहरु भइरहनु पर्ने बताउनुभयो ।
काठमाडौं: नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...