नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडाैं | असार ९, २०८०
तस्बिर फाइल
काठमाडौं: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्सबीचको खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुँदैछ ।
समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब छ । नेपाल पराजित भए बाहिरिनेछ । आज नेपालले जितेमा र अन्तिम खेलमा पर्सि सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनले हारेको थियो ।
समूह ‘ए’ मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन् । नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । त्यस्तै ३ खेलमा दुई अंक जोडेको नेपाल चौथो र ३ खेलमा जितविहीन रहेको अमेरिका पुछारमा छ । शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

