दाइजो मागेको आरोपमा विवाह मण्डपबाटै बेहुला पक्राउ

काठमाडाैं | असार १३, २०८०

दाइजो मागेको आरोपमा विवाह मण्डपबाटै बेहुला पक्राउ

काठमाण्डौ: काठमाण्डौको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् ।

 

बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको र धम्क्याएको आरोपमा सुनसरीको दुहबी नगरपालिका–६ घर भइ काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार पक्राउ परेका प्रहरीले जनाएको छ ।

 

हिजो नक्सालको एक पार्टी प्यालेसमा विवाह समारोह भैरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएको पीडित परिवारको गुनासो छ । 

 

प्रहरी परिसर काठमाण्डौका एसपी सीताराम रिजालका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा बेहुला पक्षले दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको र थप ५० लाख रुपैयाँ मागेको खुलेको छ ।

 

दाइजो माग्ने बेहुलालाई विवाहसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रौनियारसँग अमेरिकाको ग्रिनकार्ड पनि छ ।

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्